धितोपत्र बोर्डले भन्यो, वर्तमान अवस्थालाई दृष्टिगत गर्दे शेयरमा लगानी गर्नुस्

Nov 01, 2018 Merolagai

नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्ताहरुलाई बजारको वर्तमान अवस्थालाई दृष्टिगत गर्दे शतर्कता अपनाई लगानी गर्न सुझाएको छ । साथै बोर्डले धितोपत्रको दोस्रो बजारलाई सुक्ष्म रुपले अध्ययन गरिरहेको समेत बताएको छ ।

पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयन लगायत दर्जनौ बजार सुधारका कार्यक्रम संचालन गरिरहेको सन्दर्भ जोड्दै देशको समष्टिगत आर्थिक अवस्था तथा पछिल्लो समयमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बोर्डका प्रवक्ताले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै धितोपत्र खरीदबिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको अवस्थाका बारेमा आधारभूत र प्राविधिक विश्लेषणसहित आवश्यक जानकारी लिन र हल्लाको पछाडि नदौडन समेत आग्रह गरेका हुन् ।

नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली कात्तिक २० गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिरहेका बेला बोर्डको यस्तो विज्ञप्ति आएको हो ।

धितोपत्र बोर्डले पूँजीबजारमा पछिल्लो समय अन्यौलको रुपमा रहेको भ्याटको समस्यालाई समधान गरिएकोे, पूँजीबजारमा उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न नीतिगत रुपमा ५० करोड रुपैयाँ वा सो भन्दा बढि चुक्ता पूँजी भएको प्राइभेट कम्पनीलाई पब्लिकमा जान प्रोत्साहन गर्न ३ वर्षको लागि आयकरमा १० प्रतिशत छुटदिने व्यवस्था गरिएको लगायतका बिषय उल्लेख गरेको छ । 

यस्तै १ अर्ब वा त्यस भन्दा बढि पूँजी भएका कम्पनीहरुलाई पब्लिकमा रुपान्तरण भई पूँजी बजारमा सुचिकृत हुनुपर्ने व्यवस्था गरी बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको धितोपत्र बजारमा क्षेत्रगत जोखिमलाई कम गर्ने प्रयास गरिएको समेत बताएको छ ।

धितोपत्र शुल्कमा कटौती गरी लगानीकर्ता मैत्री बनाई बैकल्पिक लगानी कोषको नियमावली मार्फत प्राईभेट इक्युटी, भेन्चर फण्ड र हेज फण्ड प्रबेश गराई कम्पनीहरुलाई चाहिने दिर्घकालीन कोषको व्यवस्था गर्न लागिएको छ । यसका साथै निकट भविष्यमा धितोपत्रको दोस्रो बजार कारोबार पुर्णरुपमा अनलाइन मार्फत गर्ने व्यवस्था गर्न लागिएको छ ।

यसरी नेपाल सरकार र बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको, देशको समष्टिगत आर्थिक अवस्था तथा पछिल्लो समयमा सुचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक नै देखिन्छ । बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।