मिथिला लघुवित्तको नाफा दोब्बर

Nov 02, 2018 Merolagani

मिथिला लघुवित्त (MLBBL) ले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफा दोब्बर बनाएको छ । गत बर्ष १४ लाख ७४ हजार खुद नाफा आर्जन गरेको कम्पनीले ३५ लाख ५० हजार पुर्याएको हो ।

चुक्ता पूँजी ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको यस लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ २२ पैसा रहेको छ ।

कम्पनीको जगेडा कोषमा दुई करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

धनुषामा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले समीक्षा अवधिमा १९ करोड १० लाख निक्षेप संकलन र ४२ करोड ९९ लाख सापटीबाट ६७ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । उसले निक्षेप ४७.९७, सापटी ३१.९७ र कर्जा ४२.०५ प्रतिशतले बढाएको छ ।

यसबाट कम्पनीले एक करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत बर्ष यसै अवधिको तुलनामा २० लाख बढी हो । उसले ४७ लाख १८ हजार सञ्चालन नाफा कमाएको छ ।

खराब कर्जा अनुपात ३.५० प्रतिशत रहेको यस लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.५१ गुणा रहेको छ ।

दश जिल्लामा २१ शाखा कार्यालय सञ्चालन गरेर १६ हजार ६३० सदस्यलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको यस लघुवित्तले पहाडि जिल्लामा ११ शाखा शाखा थप गरि २७ हजारमा सेवा पुर्याउने लक्ष्य राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।