गुहेश्वरी मर्चेन्टको खुद नाफामा सामान्य सुधार, चार कराेडकाे नगद लाभांश अाजै पारित गर्दै

Nov 02, 2018 Merolagani

गुहेश्वरी मर्चेन्ट (GMFIL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा दुई लाख ४८ हजार रुपैयाँले आफ्नो खुद नाफा सुधार गरेको छ । गत वर्ष एक करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा एक करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

खुद ब्याज आम्दानीमा वृद्धि र कर्मचारी खर्च नियन्त्रणले फाइनान्सको खुद नाफा सुधारिएको हो ।

चुक्ता पूँजी ८० करोड फाइनान्सको जगेडा कोषमा १२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्म ३ अर्ब १५ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले दुई अर्ब ७२ करोड ६१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तीन माहिनाको अवधिमा फाइनान्सले ११ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी छ भने ८ करोड ४ लाख रुपैयाँ ब्याज खर्च गरेर ३ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ ।

फाइनान्समा निष्कृय कर्जा अनुपात ०.२५ प्रतिशत रहेको छ । उसको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा छ । फाइनान्स्को मूल्य आम्दानी अनुपात २२.११ गुणा रहेको छ ।

फाइनान्सकाे निक्षेप लागत १० प्रतिशत र आधार ब्याजदर १२.८९ प्रतिशत रहेको छ । अाजै सम्पन्न हुने १७ अाैं वार्षिक साधारण सभा मार्फत फाइनान्सले चार कराेड २१ लाख पाँच हजार ६०० रूपैयाँकाे नगद लाभांश पारित गर्दैछ भने मर्जर तथा एक्वीजिशनका लागि पनि सञ्चालक समितिलार्इ अख्तियारी दिने प्रस्ताव पारित गर्दैछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।