एभरेष्ट र लक्ष्मीको मर्जर अन्यौलतासँगै अजय बिक्रम शाह बने लक्ष्मी बैंकको सिइओ

Nov 02, 2018 Merolagani

लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाहलाई नियुक्त गरेको छ । यस अघि एभरेष्टसँगको मर्जरकै कारण तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुदेश खालिगंको कार्यकाल छ महिना मात्र थप गरेको बैंकले मर्जर अन्यौलताका बिच नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको हो ।

एभरेष्ट बैंकले मर्जरका क्रममा विभिन्न शर्तहरु राख्न थाले पछि आजित बनेको लक्ष्मी बैंक अहिले शेयर स्वापको विषयमा मिल्न सकिरहेको छैन ।

एभरेष्टको अडानका कारण उत्पन्न अन्यौलताले अहिले दुई बैंकको मर्जर टर्ने सम्भावना बढेको छ ।

ज्सका कारण अब लक्ष्मी बैंक आफ्नै बाटोमा अघि बढ्न लागेको संकेत देखिएको हो । एभरेष्टका कारण मर्जर प्रकृया लम्बिए पछि लक्ष्मी बैंकले यस अघि बैंकमा नै कार्यरत शाहलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।