आईपिओ ल्याउन लागेको आशा लघुवित्त 'पहिलो त्रैमास'मा नोक्सानबाट नाफामा फर्कियो

Nov 02, 2018 Merolagani

गत आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानमा रहेको आशा लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गज्जबको सुधार देखाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा ३७ लाख ८८ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको आशाले यस पटक असाेज मसान्तसम्म २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको हो ।

साधारण सेयर निष्काशनको प्रकृयामा रहेको लघुवित्तले चुक्ता पूँजी, जगेडा कोष, निक्षेप संकलन र कर्जा प्रवाहमा पनि सुधार गरेको छ ।

कम्पनीले ७ करोड चुक्ता पूँजी दोब्बर बढाएर १४ करोड रुपैयाँ पुर्याएको छ । एक करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको जगेडा कोष अहिले २७ लाख ५४ हजार रुपैयाँले धनात्मक बनेको छ ।

यस अवधिमा लघुवित्तले ९९ करोड ५७ लाख रुपैयाँ सापटी लिएर उक्त रकमलाई कर्जा परिचालन गरेको छ । साथै ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर उक्त रकमलाई पनि कर्जा परिचालन गरी आम्दानी बढाएको हो । यस क्रममा लघुवित्तले १ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात भने बढेको छ । गत बर्ष ०.०३ प्रतिशत रहेको खराब कर्जा अनुपात १.२७ प्रतिशतमा उक्लिएको छ । लघुवित्तले ६ लाख कित्ता आइपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आबेदन दिएको छ ।

उता सबैको लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख ९४ हजार नोक्सानीमा थियो ।

चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ रहेको यस वित्तीय संस्थाको जगेडा कोषमा ५२ लाख ७९ हजार रुपैयाँ सञ्चित छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।