मञ्जुश्री फाईनान्स कनेक्ट आइपिएसमा आबद्ध, अनलाईन भुक्तानीमा सहजता

Nov 02, 2018 Merolagani

मञ्जुश्री फाईनान्स कम्पनी (MFFIL) नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आर्इपिएस प्रणाली (connectIPS e-Payment) मा आबद्ध भएको छ। यससँगै फाइनान्समा खाता रहेको ग्राहकहरुले आफ्नै खाता मार्फत अनलाईन मार्फत कारोबारहरुको भुक्तानीका लागि सहजता हुने भएको छ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको डब्लु डब्लु डब्लु डट कनेक्ट अाइिपएस डट कम (www.connectips.com) प्रणालीमा मञ्जुश्री फाईनान्स कार्तिक १५ गतेबाट कारोबार शुरु गर्ने गरि आबद्ध भएको हो ।

बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट अनलाईन मार्फत प्रति कारोबार १ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् भने मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् ।

यस प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपिएस इ पेमेन्टमा मा गई आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने सेवाहरु भुक्तानी गर्न सक्ने व्यवस्था रहेका छन् ।

हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको राजश्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ ।

कनेक्ट आइपिएस इ-पेमेन्ट (connectIPS e-Payment) प्रणालीमा हाल सम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ३३ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।