माइक्रोफाइनान्सको खुद ब्याज आम्दानीमा बढोत्तरी हुँदा खुद नाफा वृद्धि भएको हो । गत वर्षको असोज मसान्तमा माइक्रोफाइनान्सको खुद नाफा १८ लाख चार हजार रुपैयाँ थियो ।
माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड ९७ लाख रुपैयाँ छ । उसको जगेडा कोषमा दुई करोड ९ लाख रुपैयाँ सञ्चित छ ।
चालु आवको असोज मसान्तसम्म माइक्रोफाइनान्सले १८ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । माइक्रोफाइनान्सले ३२ करोड ५५ लाख रुपैयाँ गरेर ६४ करोड ३२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
समीक्षा अवधिमा दुई करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी माइक्रोफाइनान्सले व्याज खर्च एक करोड २५ लाख रुपैयाँ ब्याज खर्च गर्दा एक करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
त्यसैगरी गत वर्ष यसै समयमा माइक्रोफाइनान्समा रहेको निष्कृय कर्जा अनुपात ०.५८ बाट १.२२ प्रतिशतमा बढेको छ । वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ०९ पैसा छ भने मूल्य आम्दानी अनुपात ७६.५२ गुणा बढी रहेको छ ।