तरलता सहज गराउन राष्ट्र बैंकले झण्डै डेढ अर्ब मुद्धती निक्षेपमा लगानी गर्ने

Nov 02, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा आफ्नो विभिन्न कोषमा रहेको एक अर्ब ४३ करोड १२ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । जसका लागि राष्ट्र बैंकले निक्षेप लिन चाहने संस्थाहरुसँग प्रस्ताव माग गरेको छ ।

केन्द्रीय बैंकले २०७५ मंसिर २ गतेदेखि त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरि ३६४ दिने मुद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा एक अर्ब १४ करोड ५० लाख, राष्ट्रिय स्तरका विकास बैंकहरुमा २१ करोड ४६ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड १६ लाख रुपैयाँ निक्षेप लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले मुद्धती निक्षेप लिन चाहाने राष्ट्रिय स्तरका वाणिज्य बैंक, विकास बैंकहरु र र वित्त कम्पनीहरुलाई लिन चाहेको रकम र प्रस्तावित ब्याजदर सहित कार्तिक २० गते दिउँसो ३ बजेभित्रसम्म शिलबन्दी दरभाउपत्र आवेदन दिन भनेको छ ।

हाल बजारमा तरलता अभाव रहेको बैंकरहरुले बताइ रहदा राष्ट्र बैंकले एक अर्ब ४३ करोड रुपैयाँ निक्षेप दिने भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा तरलता सहज हुने विश्वास राष्ट्र बैंकको छ ।

निक्षेप लिन राष्ट्र बैंकको यस्ता छन् शर्त

बैंक तथा वित्त संस्थाहरुले रकम लिनका लागि आवेदन पेश गर्ने विभिन्न मापदण्ड समेत तोकेको छ । जसमा बैंक सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, न्यूनतम पूँजी कोष कायम रहेको, निष्कृय कर्जा अनुपात कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त छ ।

त्यसैगरी, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधान छ ।

त्यसैगरि शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तीय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरीसकेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।