पोखरालाई व्यवस्थित र सुन्दर बनाउन सय वर्ष थेग्ने मापदण्ड बनाउन सुझाव

Nov 03, 2018 RSS

पर्यटकीय नगरी पोखरालाई व्यवस्थित र सुन्दर बनाउनुका साथै सय वर्ष थेग्न सक्ने भवन तथा पूर्वाधार निर्माण मापदण्ड बनाउन महानगरपालिकालाई सांसदहरुले सुझाव दिएका छन् ।

पोखरा महानगरपालिकाद्वारा गठन गरेको विज्ञ समूहले तयार पारेको भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड २०७५ बारे सुझाव लिन आयोजित कार्यक्रममा सांसदहरुले पोखराको सौन्दर्य नबिग्रने गरी मापदण्ड बनाउनुपर्ने सुझाव दिएका हुन् ।

दीर्घकालीन सोच राखेर महानगरले काम गर्नुपर्नेमा सुझाव दिँदै छलफल कार्यक्रममा जनप्रतिनिधिले कार्यान्वयन गर्न सकिने र दूरगामी महत्व राख्ने मापदण्ड बनाउन सुझाव दिएका छन् ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य वृन्दा रानामगरले पोखराको भौगोलिक अवस्थालाई हेरेर भौतिक संरचना निर्माण गर्नुपर्ने बताइन् । सार्वजनिक जग्गाको संरक्षण गर्दै हचुवाको भरमा नभई दीर्घकाललाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्मणको मापदण्ड तयार पार्नुपर्नेमा उनको जोड थियो ।

गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भवन र पूर्वाधार निर्माणको मापदण्ड बनाउँदा एक इन्च पनि सम्झौता नगरी पोखराको भविष्यलाई हेरेर बनाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्यद्वय प्रभा कोइराला र मित्रकुमारी सुवेदीले सडकको मापदण्ड बनाउँदा कन्जुस्याइँ नगर्न र प्रत्येक घर निर्माण गर्दा भूमिगत रुपमा पार्किङको व्यवस्था गर्नुपर्ने सुझाव दिए। प्राकृतिक स्रोत साधनको जथाभावी दोहन रोक्ने खालको मापदण्ड तयार गरेर पोखराको सौन्दर्य जोगाउनुपर्नेमा प्रदेशसभा सदस्य राजीव पहारीको जोड थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, रामजी बरालले वैज्ञानिक मापदण्ड तयार गरी निर्ममरुपमा कार्यान्वय गर्नुपर्ने सुझाव दिए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञ समूहले तयार पारेको मापदण्डका बारेमा सरोकारवाला निकायसँग राय सुझाव लिएर नै त्यसलाई कार्यान्वयन तहमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।