लगानीकर्तामा विश्वास बढाउँदै प्रभु बैंक, खुद नाफा साढे ७१% बढोत्तरी

Nov 04, 2018 Merolagani

प्रभु बैंक (PRVU) ले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफा ७१.५७ प्रतिशतले अर्थात २४ करोड ९६ लाख ३९ हजार रुपैयाँले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। वाणिज्य बैंकहरुमध्ये दोस्रो वित्तीय विवरण सार्वजनिक गरेको बैंकले गत बर्षको ३४ करोड ८७ लाखको खुद नाफालार्इ ५९ करोड ८४ लाखमा पुर्याएको हो ।

बैंकले आइतबार प्रकाशन गरेको नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदनमा ६४ करोड ३१ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ ।

गत बर्ष यस्तो रकम २५ करोड ७ लाख रहेको थियो ।  बैंकले गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा १५६.५० प्रतिशतले वितरण योग्य नाफा बढाएको हो । 

एनएफआरएस अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ४ करोड ४७ लाख थपिँदा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता बढेको देखिन्छ ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) रकम बैंकले केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

निक्षेप संकलन खर्ब नाघ्याे, ८६ अर्ब कर्जा लगानी

एनएफआरएस वित्तीय विवरण अनुसार प्रभुले प्रथम त्रैमासमा गत बर्ष ८२ अर्ब ८५ करोड २२ लाख रहेकाे निक्षेप संकलनलाई बढाएर एक खर्ब ३ अर्ब २ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जा लगानीतर्फ ६६ अर्ब ७४ कराेड ७३ लाखबाट ८६ अर्ब एक करोड ८० लाख रुपैयाँमा बढोत्तरी गरेको छ ।

पूँजीसँगै इपिस पनि बढ्याे 

प्रभु बैंकले चुक्त्ता पूँजीसँगै नाफामा बढाेत्तरी गरेर प्रतिशेयर आम्दानीमा पनि सुधार गरेकाे छ । यस अवधिमा बैंककाे प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७२ पैसाबाट २९ रुपैयाँ ७ पैसामा बढोत्तरी भएको छ । 

बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड ३९ लाख छ भने जगेडा कोषमा चार अर्ब ८५ करोड ८६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४० प्रतिशत, जगेडा कोष २२.४५, निक्षेप २४.३४ प्रतिशत, कर्जा २८.८७, खुद ब्याज आम्दानी ४७.९१ प्रतिशतले सुधार गरेको छ ।

एक अर्ब १३ करोड खुद ब्याज आम्दानी 

त्यसैगरि बैंकले २ अर्ब ६७ करोड १२ लाख ब्याज आम्दानी गरेर एक अर्ब ५३ करोड ७६ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले एक अर्ब १३ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले ७६ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खराब कर्जा २.५१ प्रतिशतमा झर्याे, न्यून लागतमा निक्षेप संकलन

खराब कर्जाले नै थलिएकाे ग्राण्ड बैंक लगायत अन्य साना संस्था गाभेकाे यस बैंकले  समिक्षा अवधिमा खराब कर्जा असुलीबाट पनि अाफ्नाे नाफा बढाएर अाफूलार्इ सबल बनाउन प्रयासरत देखिन्छ । 

बैंकले अाफ्नाे  बैंकको खराब कर्जा ४.२३ बाट झण्डै अाधा घटाएर २.५१ प्रतिशतमा झारेको छ।

त्यस्तै बैंकको आधार ब्याजदर ९.४९ प्रतिशत र कोषको लागत ६.१८ प्रतिशत मात्र रहनुले बैंकले न्यून लागतमा निक्षेप संकलन गरेकाले ऋणीहरूमा अन्य बैंककाे तुलनामा केही सस्ताे ब्याजदरमा नै कर्जा प्रवाह गर्नसक्ने अवस्था वित्तीय विवरणले देखाउँछ ।

अन्य धेरै वाणिज्य बैंककाे ९ प्रतिशत हराहारी निक्षेप लागत रहेकाेमा बैंककाे ६ प्रतिशत मात्र रहेकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।