सहारा विकास बैंकको १० लाख कित्ता शेयरमा बाेलकबाेल खुल्याे

Nov 04, 2018 Merolagani

सहारा विकास बैंक (SHBL) ले १० लाख ४४ हजार २५६ कित्ता शेयर कात्तिक १८ गते अाइतबारदेखि लिलामीमा ल्याएको छ। बैंकले संस्थापक समूहतर्फको ९ लाख २८ हजार २४८.७० कित्ता र सर्वसाधारणतर्फको १ लाख १६ हजार ७.३० कित्ता शेयर लिलामी बिक्रीमा ल्याएकाे हाे ।

बैंकको लिलामीको शेयरमा मंसिर ८ गतेसम्म आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । जसको बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र आवेदन पाइने र बुझाउन एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज, र विराटनगरबाट दिन सकिने छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढी तथा सहारा विकास बैंकको सर्लाहीबाट पनि आवेदन दिन सकिनेछ ।

 

लिलामीको शेयरको न्युनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । संस्थागत समूहको लागि न्युनतम १ हजार र सर्वसाधारण शेयरको लागि न्युनतम एक सय कित्ताको लागि मात्रै आवेदन दिन पाइने छ । 

बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको शेयर लिलामीबाट बिक्री गर्ने भएको हो । बैंककाे शेयरमूल्य देव: विकास बैंकसँग एक्वीजिशन सम्झाैता पश्चात राेकिएकाे छ । 

देव: विकास बैंककाे शेयरमूल्य भने प्रतिकित्ता १३५ रूपैयाँ रहेकाे छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।