कैलाश विकास बैंकको नाफामा १९.१ प्रतिशतको बढोत्तरी

Nov 04, 2018 Merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा कैलाश विकास बैंक (KBBL) ले खुद नाफा ११ करोड ५७ लाख आर्जन गरेको छ । यो गतबर्षको तुलनामा खुद नाफा १९.१ प्रतिशतले बढेको हो । बैंकले गतबर्ष ९ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

दुई अर्ब ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडाकोषमा एक अर्ब २० करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

असोज मसान्तसम्म २४ अर्ब २५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २० अर्ब ९२ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी २६ करोड ७० लाख रुपैयाँ छ । गत बर्षको यसै अवधिको तुलनामा बंैकले खुद ब्याज आम्दानी ११ करोड २५ लाख रुपैयाँले बढाएको हो । गतबर्ष बैंकको खुद ब्याज आम्दानी १५ करोड ४५ लाख रुपैयाँ थियो ।

बैंकमा निष्कृय कर्जा ०.३० प्रतिशतको अनुपातमा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।