ग्लोबल आइएमई लघुवित्तको बोनसपछि शेयर मूल्य समायोजन

Nov 04, 2018 Merolagani

ग्लोबल आईएमई लघुवित्त (GILB) को आइतबार बोनस पछिको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तको १५ प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले लघुवित्तको प्रतिकित्ता शेयरमूल्य एक हजार १०४ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ । समायोजित मूल्यलाई आधार मानेर आज (आइतबार) कम्पनीको शेयर कारोबार हुनेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा लघुवित्तको औसत आधारमूल्य १३३३ रुपैयाँ ६७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

लघुवित्तले चुक्ता पूँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँको १५ प्रतिशत अर्थात एक करोड ४४ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस शेयर लघुवित्तको ६ औं साधारण सभाले पारित गर्नेछ । लघुवित्तले कार्तिक २९ गते होटल गेट वे हिमालय रिर्सोट बेशिशहरमा हुने भएको हो ।

साथै बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ पुग्ने छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।