दराजमा नोभेम्बर ११ मा ८० प्रतिशतसम्म छुट, किनमेल उत्सवमा अरु के हुन्छ ?

Nov 04, 2018 Merolagani

ईकमर्श साइट दराजले नोभेम्बर ११ अर्थात कार्तिक २५ गते नेपालको पहिलो अनलाइन किनमेल उत्सव मनाउने भएको छ । अलिबाबामा विलय भए पछि नेपालमा दराज ११.११ सेल मेला पहिलो पटक आयोजना गरिएको हो ।

बृहत्तर ई–कमर्श संचालक अलिबाबाले १० वर्षअघि मनाउन शुरु गरेको सेललाई नेपालमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो ।

विश्वमा भने अलिबाबाले सञ्चालन गर्ने यो सेल मेला सर्वाधिक ठुलो बनिसकेको छ । नेपालमा पनि अनलाइन किनमेलको लागी नयाँ किसिमको तयारी गरिएको दराजले जनाएको छ । छ ।

दराज ११.११ सेल नोभेम्बर ११ अर्थात कार्तिक २५ गतेको मध्यरातबाट शुरु भई ठिक २४ घण्टासम्म चल्नेछ । यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ ।

यो अवधिमा खास नयाँ सामानहरुको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, ब्राण्ड भौचरहरु र अन्य उपहारहरु दिनभरी नै चल्नेछ । १ हजार बढीको संख्यामा स्थानीय बिक्रेताहरुको साथमा यसभन्दा अघि कहिल्यै नपाइएको डिलहरुको विविधिकरणमा नेपालको पहुँच हुनेछ ।

११.११ नयाँ दराज एपको पहिलो मेगा सेल कार्यक्रम हो, यसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट उत्पादनहरु र डिलहरु प्रदर्शन गरेर व्यक्तिगत रुपमा अनौठो अनुभव दिलाउने दराजको विश्वास छ ।

‘हामी हाम्रा ग्राहकहरुलाई यस्तो चिज दिंदैछौं जुन वहाँहरुले यसभन्दा अघि पहिले कहिल्यै पाउनु भएको थिएन । ११.११ अभियानको साथमा दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदान गर्नेछ । कहिल्यै नभएको छुट, कहिल्यै नपाइएको उत्पादन रोजाई, जहाँ नेपालीले लाखौं रुपैयाँ बराबरको पुरस्कारहरु जित्न सक्नेछन्,’ दराज नेपालका प्रबन्ध निर्देशक राजीव अमात्यले प्रष्ट पार्दै भने ।

दराजको ११.११ मा ककसले कति छुट दिन्छन् ?

दराज ११.११ सेलले औद्योगीक क्षेत्रका सर्वश्रेष्ठ ब्राण्डहरुलाई एकै ठाऊँमा ल्याएको छ । एमआई, वानप्लस, टाइटन, गोल्डस्टार, एडिडास, नाइक, पाल्सोनिक अष्ट्रेलिया, म्यानह्याटन, रीबक, मन्त्र गिटार्स, होम ग्लोरी, जे फिसर, रङ्गोली, सामसुङ्ग, एन्कर, सोनम गीयर्स र होलिडे प्याकेजहरुले आकर्षक डिलहरुका साथ थप छुट भौचरहरु प्रदान गर्नेछन् ।

हरेक समूह (फोन, फेसन, सौन्दर्य, होम एण्ड लिभिङ, ग्रोसरी, उपकरणहरु, कम्प्युटरहरु, टिभीहरु र अरु पनि धेरै) उत्पादनका विविधिकरणहरु अत्याधिक मूल्य कटौतीका साथ देख्न र किन्न सकिन्छ ।

दराज ११.११ लाई कसरी सजिलै प्राप्त गर्न सकिन्छ ?

स्मार्टफोन भएका सेवाग्राहीले दराज एप डाउनलोड गर्नुपर्ने हुन्छ । यो सेलमा एपबाट हुने कारोबारमा मात्र छुट पाइने दराजले जनाएको छ । एपलाई आफ्नो शपिंग कार्टमा जोडेर नोभेम्बर ११ अर्थात कार्तिक २५ का दिन धमाधम चेक आउट गर्न सक्ने बताइएको छ ।

ग्राहकहरुले आफ्नो रोजाईको ब्राण्डहरुको तर्फबाट डिलहरु र भौचरहरु उपलब्ध भएको देख्न सक्नेछन् भने पछिल्लो डिलहरुको बारेमा जानकार भैरहन औपचारिक स्टोरहरु फलो गनुपर्नेछ ।

११.११ सेलमा फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, अन्य डिलहरु र भौचरहरु प्रत्येक घण्टामा प्रस्तुत भैरहने छन् । ग्राहकले जति धेरै ११.११ मा दराज एप अवलोकन गर्दछ, त्यति नै उत्कृष्ट अनुभव हासिल गर्ने कम्पनीको भनाई छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।