सूर्या लार्इफले बाेर्डसँग यस अघि बिक्री गरेकाे ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनसपछि कायम चुक्ता पूँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँकाे ७० प्रतिशत हकप्रद अनुमति मागेकाे हाे ।
यसअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १०ः७ को अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता शेयर हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले यस अघि बिक्री गरेकाे ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनसपछि कायम चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
इन्स्योरेन्सले यस अघि नै हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।
गत वर्ष कम्पनीले १२ करोड १५ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११ रूपैयाँ ८ पैसा कायम गरेको छ ।
बीमा समितिको निर्देशन अनुरुप २ अर्ब चुक्ता पूँजी पुर्याउन सूर्या लाइफले शेयरधनीलाई हकप्रदको भारी बोकाउने भएको हो ।