एक्सेलको पूँजी वृद्धिको असर प्रतिशेयर आम्दानीमा, झण्डै १२ रूपैयाँ झर्याे इपिएस

Nov 04, 2018 Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को चुक्ता पूँजी वृद्धिको अनुपातमा खुद नाफा वृद्धि सुस्त बन्दा प्रतिशेयर आम्दानी खुम्चिएको छ। ८० प्रतिशतले चुक्ता पूँजी बढाएको यस विकास बैंकको प्रतिशेयर आम्दानीमा ३६.३३ प्रतिशतले संकुचन आएको छ ।

समीक्षा अवधिमा बैंकले ३८ करोड ४६ लाख रुपैयाँको पूँजीलाई बढाएर ६९ करोड २६ लाख रुपैयाँ पुर्याएको हो । 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ रुपैयाँ ८० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८८ पैसामा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९२ पैसाले घटेको हो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा तीन करोड १५ लाख रुपैयाँ रहेको थियो ।

बैंकको जगेडा कोषमा पनि ५१ प्रतिशतले संकुचन आएर १८ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ । गत वर्ष बैंकको जगेडा ३७ करोड ६ लाख थियो ।

समीक्षा अवधिसम्ममा ५ अर्ब ७ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ अर्ब ७५ करोड ५० लाख रुपैयाँ कर्जा परिचलन गरेको छ । निक्षेप ५५.२५ र कर्जा विस्तार २२.७८ प्रतिशतले सुधारिएको हो ।

त्यसैगरी तीन महिनाको अवधिमा बैंकले ८ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ । यो गत बर्षको भन्दा एक करोड ३४ लाख रुपैयाँले धेरै हो ।

बैंकमा निष्कृय कर्जा ०.७७ प्रतिशतको अनुपातमा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात १३.९३ गुणा बढी रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।