माछापुछ्रे बैंक र निर्धन उत्थान लघुवित्तको संस्थापक सेयरको अधिक कारोबार किन ?

Nov 04, 2018 Merolagani

आइतबार सेयर बजारमा माछापुछ्रे बैंक र निर्धन उत्थान लघुवित्तको संस्थापक सेयरको म्यान्नुअल कारोबारले कारोबार रकम अधिक भएको देखिएको छ । दुवै संस्थाका संस्थापकहरुले बिक्री गरेको सेयर संस्था सञ्चालक समितिले अरु संस्थापकलाई क्रिी गर्न बाटो खोलिदिएको थियो ।

दुवै संस्थाको सञ्चालक समितिले संस्थापक सेयर अर्को संस्थापकलाई बिक्री गर्न बाटो खोले पछि त्यसलाई नेपाल राष्ट्र बैंकले अनुमति दिएको थियो ।

उक्त अनुमति अनुसार दुई संस्थाको संस्थापक सेयरको म्यान्नुअल कारोबार गरिएको हो ।

आइतबार माछापुछ्रेको १२ लाख ७४ हजार १ सय ६ कित्ता संस्थापक सेयर ३८ नम्बर सेयर दलालकोबाट ४६ नम्बरमा पहिलो पटक कारोबार भएर पछि फेरी ३८ नम्बरले किनेको छ । यसरी दोहोरो कारोबार हुँदा बैंकको संस्थापक सेयरको मात्र आइतबार १६ करोड ५६ लाख ४४ हजार १ सय ८० रुपैंयाको सेयर कारोबार भएको छ ।

त्यसै गरी निर्धन उत्थान लघुवित्तको २ लाख १ हजार ५ सय ५० कित्ता सेयर ४० नम्बर सेयर दलालकोबाट ८ वटा कारोबारमा ३४ नम्बर दलालकोमा कारोबार भएको छ । उल्लेखित कारोबारबाट निर्धनको संस्थापक सेयर ११ करोड ८ लाख ६५ हजार ३ सय ५० रुपैंयामा कारोबार भएको छ ।

मथि उल्लेखित संस्थाका संस्थापक सेयरको म्यान्नुअल कारोबार मात्र २७ करोड ६५ लाख ९ हजार ५ सय ३० रुपैंयाको कारोबार भएको हो । जबकी आइतबार सेयर बजारमा कुल ५६ करोड ४७ लाख ८७ हजार ७ सय ३८ रुपैंयाको सेयर कारोबार भएको छ । २ संस्थाको संस्थापक सेयर कारोबारको रकम बाहेक दोस्रो बजारमा आइतबार २८ करोड ८२ लाख ७८ हजार रुपैंयाको मात्र सेयर किनबेच भएको हो ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कुनै पनि वित्तीय संस्थाका संस्थापक सेयरधनीले आफ्नो सेयर सिधै बिक्री गर्न पाउँदैनन् । सम्बन्धित वित्तीय संस्थामा सेयर बिक्री गर्ने विगषय जानकारी गराए पछि अरु संस्थापकले मात्र उक्त सेयर प्रकृया पुरा गरेर किन्न पाउने व्यवस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।