अपेक्षा अनुरुपको लाभाशं नआउँदा लगानीकर्ता निराश, बोर्डलाई पनि पत्याएनन्

Nov 04, 2018 Merolagani

विशेषगरी वाणिज्य बैंकहरुले घोषणा गरेको लाभांशप्रति लगानीकर्ता सकारात्मक बन्न नसक्दा शेयरबजार राताम्मे बनेकोे छ । बैंकहरुको लाभांशप्रति लगानीकर्ताको चित्त नबुझिरहेको अवस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेसनले घोषणा गरेको लाभांश समेत घटाएपछि बजारको गिरावट गहिरेको छ ।

आइतबार शेयरबजार झण्डै १४ अंक झरेको छ । माछापुच्छ्रे र निर्धन उत्थान लघुवित्तको संस्थापक शेयरको किनबेचले कारोबार रकम भने बढेको छ ।

विशेषगरी वाणिज्य बैंकहरुले घोषणा गरेको लाभांशप्रति लगानीकर्ताले नकारात्मक प्रतिक्रिया दिएका छन् । जसले गर्दा वाणिज्य बैंक समूह १७ अंक बढीले घटेको छ ।

हालसम्म सानिमा बैंक र एभरेष्ट बैंकले लाभांश घोषणा गरेका छन् । दुवै बैंकले नगद लाभांश प्रस्ताव गरेकाले अन्य बैंकहरुले समेत नगदमै जोड दिने आकँलन लगानीकर्ताको छ । सानिमाले १४ प्रतिशत तथा एभरेष्टले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा सानिमा पहिलो

एभरेष्ट बैंक पनि नगद लाभांशकै बाटोमा, कति प्रस्ताव गर्याे लाभांश ?

आइतबारको बजारमा सानिमा बैंकको शेयरमूल्य १.५३ प्रतिशत तथा एभरेष्ट बैंकको ५.४४ प्रतिशतले शेयरमूल्य घटेको छ । एभरेष्ट र सानिमाको मात्र होईन नगदमा जोड गरेपछि अधिकांश वाणिज्य बैंकको शेयरमूल्य घटेको छ ।

अर्कातर्फ यसअघि लाभांश घोषणा गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले लाभांश घटाएपछि लगानीकर्ता आक्रोशित बनेका छन् । ३६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको कम्पनीले नियामक बिमा समितिको निर्देशनको कारण देखाउँदै १२ प्रतिशत मात्र बोनस दिने बताएको छ ।

यसबाट पनि लगानीकर्ता केही निरुत्साहित बनेको विश्लेषण गरिएको छ । जसको प्रभावले जीवन बीमा समूह सबैभन्दा धेरै ८७ अंकले ओरालो लागेको छ । लाभांश घटाएपछि कम्पनीको शेयरमूल्य समेत ५.६३ प्रतिशतले झरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश परिमार्जन, तीन गुणा कम प्रस्ताव

बैंकहरुको लाभांश घोषणाको क्रम सुरु हुँदै गर्दा चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न थालेका छन् । हालसम्म माछापुच्छ्रे बैंक र प्रभु बैंकले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये माछापुच्छ्रेको शेयरमूल्य घटेको छ । उच्च नाफा बढाएको विवरण सार्वजनिक गरेको प्रभु बैंकको शेयर मूल्य भने प्रतिकित्ता दुई रुपैयाँले बढेको छ ।

अनलाइन कारोबार सुरु गर्ने अन्तिम तयारी भईरहेका बेला शेयर बजारले भने उल्टो प्रतिक्रिया दिएको छ । कम्पनीहरुले घोषणा गरेको लाभांशले लगानीकर्तालाई निराश बनाएको विश्लेषण हुन थालेको छ ।

गत सातमा मात्र नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सुझबुझका साथ शेयर बजारमा लगानी गर्न आग्रह गरेको थियो । बजार सुधारका गतिविधिहरु सहित लगानीकर्तालाई वर्तमान अवस्थालाई दृष्टिगतगरी लगानी गर्न सुझाए पनि त्यसको नकाराम्क असर यो साताको पहिलो दिनैको शेयरबजारमा देखा परेको छ ।

धितोपत्र बोर्डले भन्यो, वर्तमान अवस्थालाई दृष्टिगत गर्दे शेयरमा लगानी गर्नुस्

बोर्डले दोस्रो बजारको सुक्ष्म निगरानी भइरहेको समेत आफ्नो विज्ञप्तिमा उल्लेख गरेको थियो । बोर्डले सकारात्मक रुपमा गरेको अपिललाई शेयरबजारका लगानीकर्ताले नकारात्मक लिएको समेत देखिएको छ ।

त्यस्तै वित्तीय बजारमा लगानी योग्य रकम अभाव भएका खबर र ब्याजदर नघट्ने संकेतहरुले पनि लगानीकर्ता निरुत्साहित बन्न पुगेका छन् । जसले गर्दा बजार दोहोरो अंकले घटेर १२०७ अंकमा झर्न पुग्यो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।