बैंकले समीक्षा अवधिमा ४७.९४ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा १३ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।
निक्षेप संकलन र कर्जा विस्तारमा उच्च बढोत्तरी गरेको मुक्तिनाथ विकास बैंकले आफ्नो निक्षेप र कर्जा विस्तार दुबै ७० प्रतिशतको उच्चदरमा वृद्धि गरेको छ ।
यस अवधिमा बैंकले ३३ अर्ब २५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरि २८ अर्ब ८५ करोड दुई लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यसै अवधिमा बैंकले १९ अर्ब ५४ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरि १६ अर्ब ८० करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
यस अवधिमा बैंक ४२ करोड ५७ लाख खुद ब्याज आम्दानी सफल भएको छ । जुन गत बर्षको तुलनामा १६ करोड ७८ लाख रुपैयाँ बढी हो । बैंकको सञ्चालन नाफा पनि १९ करोड ८४ लाखबाट ३१ करोड १७ लाखमा बढेको छ ।
बैंकले जोखिम कम गरेर कारोबार विस्तार गर्दै शेयरधनीलाई उच्च लाभांश वितरण गर्ने क्षमता विकासमा लगेको छ । गत बर्ष रहेको ०.०३ प्रतिशत खराब कर्जा अनुपातलाई ०.०२ मा झारेको छ ।
चुक्ता पूँजी २० प्रतिशतले बढाएर दुई अर्ब ५९ करोड पुर्याएको यस बैंकले गत वर्षको प्रथम त्रैमासमा रहेको २५ रुपैयाँ २६ पैसाको प्रतिशेर आम्दानी ३० रुपैयाँ ९३ पैसामा बडोत्तरी गरेको छ । लगानीको हिसाबले पनि बैंकको मूल्य आम्दानी अनुपात १२.३१ गुणा मात्र बढी रहेको छ ।