मञ्जुश्री फाईनान्सको खुद नाफा करोड नाघ्याे

Nov 05, 2018 Merolagani

मञ्जुश्री फाईनान्स (MFIL) को खुद नाफा एक करोड माथि पुगेको छ। फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत बर्षभन्दा ६१.४२ प्रतिशत धेरै हो । गत वर्ष फाइनान्सको खुद नाफा ६६ लाख १३ हजार रुपैयाँ थियो ।

चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ६ करोड ७७ लाख रुपैयाँ सञ्चित रहेको छ । 

समीक्षा अवधिमा फाइनान्सले निक्षेप संकलन र कर्जा लगानीलाई बढाउँदै लगेको छ । गत बर्षमा ४ अर्ब ८० करोडको निक्षेप बढाएर असोज मसान्तसम्म ६ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ र ३ अर्ब ९९ करोडको कर्जा लगानी बढाएर ५ अर्ब ४६ करोड १४ लाख रुपैयाँ परिचालन गरेको छ ।

यसबाट उसले ४ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २ करोड ९३ लाख रुपैयाँ थियो । यस बर्षको तुलनामा फाइनान्सको एक करोड ७८ लाख रुपैयाँले खुद ब्याज आम्दानी बढेको हो ।

त्यसैगरी फाइनान्समा निष्कृय कर्जा १.७७ बाट बढेर २.३१ प्रतिशतको अनुपातमा पुगेको छ । पाँच रुपैयाँ ३१ पैसा प्रतिशेयर आम्दानी रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४३ पैसा रहेको छ । उसको मूल्य आम्दानी अनुपात २४.६७ गुणाले बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।