गत वर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद नाफा ७५ लाख ९५ हजार रुपैयाँ थियो ।
२६ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी १६ करोड ३४ लाखले बढेको छ भने जगेडा कोष ७९ लाख ३८ हजारले घटेको छ ।
चुक्ता पूँजी १५५ प्रतिशतले बढाएपछि गत वर्ष रहेको लघुवित्तको बार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा घटेर १४ रुपैयाँ ९४ पैसामा संकुचित भएको छ ।
त्यसैगरी स्वरोजगार लघुवित्तले असोज मसान्तसम्ममा ५३ करोड २३ लाखको निक्षेप संकलनलाई ८७ करोड २८ लाख र एक अर्ब ४९ करोडको कर्जा लगानीलाई दुई अर्ब २९ करोड ११ लाखमा बढाएको छ ।
कारोबार विस्तारबाट लघुवित्तले तीन महिनामा खुद ब्याज आम्दानी ४ करोड २५ लाख रुपैयाँ गरेको छ । लघुवित्तले गत वर्ष भन्दा खुद ब्याज आम्दानी ५८ प्रतिशतले बढोत्तरी गरेको हो । गत वर्ष यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी दुई कारोड ९८ लाख रुपैयाँ थियो ।
लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.१९ बाट बढेर ०.५१ प्रतिशतको अनुपातमा पुगेको छ । प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ५२ पैसा रहेको यस लघुवित्तको मूल्यआम्दानी अनुपात ४३.१७ गुणाले बढी रहेको छ ।