माथिल्लो तामाकोशीको आइपिओमा झण्डै ५ अर्बको आवेदन, आज अन्तिम दिन

Nov 05, 2018 Merolagani

माथिल्लो तामाकोशी हाइड्रोपावरले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओामा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । सोमबार विहान ११ बजेसम्म कम्पनीको आइपिओमा झण्डै पाँच अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ ।

माथिल्लो तामाकोशीको आईपिओको बिक्री प्रबन्धक नागारिक लगानी कोषका अनुसार सोमबार विहान ११ बजेसम्म दुई लाख ५६ हजार आवेदकले आइपिओमा आवेदन गरेका छन् । उनीहरुले चार अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर माग गरेका छन् ।

तामाकोशीले एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर (आईपिओ) कार्तिक १५ गतेदेखि खुला गरेको हो । यस आईपिओमा लगानीकर्ताले कात्तिक १९ गते सोमबार सम्म न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिने व्यवस्था छ । मेरो शेयर प्रयोगकर्ताले अनलाईबाटै आवेदन दिन सक्नेछन् ।

आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।