निष्काशन हुन लागेको ऋणपत्र मध्ये २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
८० प्रतिशत अर्थात ८० करोड रुपैँया बराबरको ८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्न लागेको बैंकले जनाएकाे छ ।
बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले बार्षिक दश प्रतिशत ब्याज अर्धबार्षिक रुपमा प्राप्त गर्नेछन् । ऋणपत्रको अवधि ५ बर्षको रहेको छ ।
हाल बैंकमा बचत खाताको ब्याजदर ४ देखि ६ प्रतिशतसम्म रहेको छ । लगानीकर्ताका लागि ऋणपत्र दश प्रतिशत वा सो भन्दा बढी व्याज प्राप्त हुने भएकाले ऋणपत्रमा गरिने लगानी दीर्घकालीन प्रतिफलका हिसाबले उत्कृष्ट अवसर हुने गरेको छ ।
‘सनराइज डिबेञ्चर २०८०’ नाम दिइएको उक्त ऋणपत्र जारी गर्न सनराइज बैंकले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको कुल निक्षेप ७५ अर्ब ७९ करोड रहेको छ भने कुल कर्जा ६६ अर्ब ८२ करोड रहेको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११० वटा ए.टी.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकले दश प्रतिशत ब्याजदर मा नै कार्तिक ३० देखि दुई अर्बको ऋणपत्र जारी गर्दैछ । सिद्धार्थ बैंकले दुई अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्काशन गर्ने तयारीमा छ । यसमा बार्षिक १०.५ प्रतिशत ब्याज अर्धवार्षिक रुपमा प्राप्त हुने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंक ले चौथो पटक ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।