नेपाल सरकारले आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउँने भन्ने निति एंव कार्यक्रम अनुरुप विद्युतिय पहुँच पुर्याउन बैंकले लगानी गर्ने भएको हो ।
सरकारले घोषणा गरेका कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त प्रयासवाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको निम्ती कार्तिक १८ गतेका दिन सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र एन आई सि एशिया बैंक बिच बैकिंग साम्झौता भएको छ ।
सम्झौतापत्रमा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघंका तर्फवाट अध्यक्ष नारायण ज्ञवाली र बैंकको तर्फवाट का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले आफ्ना देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवाहरु उपलब्ध गराउने जनाएको छ । सम्झौता मार्फत समुदायको बैकिंग शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्न र निम्न आय भएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।