स्पर्स लघुवित्तले २ करोड ६९ लाख बराबरको आईपिओ निष्काशन गर्ने

Nov 05, 2018 Merolagani

स्पर्स लघुवित्तले २ करोड ६९ लाख बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको कम्पनीको दोस्रो साधारणसभाले सर्वसाधारणलाई उक्त परिमाणको शेयर जारि गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको साधारण सभाले २ करोड ६९ लाख ६३ हजार बराबरको २ लाख ६९ हजार ६ सय ३० कित्ता कित्ता साधारण शेयर सर्वसधारणलाई जारी गर्न सर्वसम्मतिले पारित गरेको हो ।

यस बाहेक साधारणसभाले आ.व.२०७५÷०७६ को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन आदि सर्वसम्मतिबाट पारित गरेको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

साधारणसभाले प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, जारी पुजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

जनता बैंक, मेगा बैंक र ७५ जना व्यवसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको यो वित्तीय संस्थाको हाल २० वटा शाखा छन् । संस्थाले करिब १२ हजार सदस्यहरुलाई ४६ करोड कर्जा लगानी गरेको र करीब ९ करोड बचत संकलन गरेको कुरा प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले बताए ।

१० करोड अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी ५ करोड ६० लाख रहेको छ भने सर्वसाधारणलाई शेयर जारी गरे पश्चात ८ करोड २९ लाख पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।