कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्कासन गर्ने भएको छ । स्थानीय बासिन्दाले नकिनेको दुई लाख ४२ हजार १० कित्ता र सर्वसाधारणहरुलाई छुट्याईएको १४ लाख ४८ हजार ४६० कित्ता गरी उक्त परिमाणको आर्इपिओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।
यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत स्थानीयलाई निष्कासन गरेको थियो ।
जोशी हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
कम्पनीले इक्रा नेपालबाट इक्रा रेटिङ्ग ’इक्रा एनपि अार्इपिओ ग्रेड ५’ पाएको छ । यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ ।
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।