एनआर्इसी एशियाले मोबाइल ट्रान्सफरमा बोनस र क्यु आर कोड भुक्तानीमा ५०० सम्म छुट दिने

Nov 05, 2018 Merolagani

ग्राहकहरूलाई नयाँ नयाँ योजना ल्याइरहने एनआर्इसी एशिया बैंक (NICA) ले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै नयाँ दुई योजना ल्याएको छ। जस अन्तर्गत मोबाइल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकम र क्यु आर कोड माध्यमबाट कारोबार गर्दा ५०० सम्म छुट दिने बैंकले जनाएको छ ।

बैंकले आउँदै गरेको शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ... भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ योजना अन्तर्गत १०० बोनस उपलब्ध गराउने जनाएको छ । 

एनआर्इसी एशियाले भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मोबाइल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्दा १०० रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्नेछन् । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावहरूले प्राप्त गर्ने बैंकले जनाएको छ ।

त्यसैगरि ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा बैंकको मोबाइल बैंकिङ्ग तथा क्यु आर कोड माध्यमबाट कारोबार गर्दा पाँच प्रतिशत देखि ५०० रुपैयाँसम्म छुटको ब्यवस्था गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।