भोलि देखि आउने अनलाइन प्रणाली मार्फत यसरी गर्न सकिन्छ शेयर कारोबार

Nov 05, 2018 Merolagani

लामो समयको प्रतिक्षा पछि अन्तत शेयर कारोबार अनलाइन प्रणाली मार्फत हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले कार्तिक २० गते अर्थात् भोलिदेखि औपचारिक रुपमा अनलाइन कारोबार सुरु गर्ने बताएको छ ।

नेप्सेले अर्थमन्त्री डा. युवराज खतिवडाको हातबाट अनलाइन कारोबरको शुभारम्भ गर्ने भएको हो ।

भोलि देखि सुरु गर्ने भनिएता पनि केहि समयका लागि ब्रोकरहरुले मात्र प्रयोग सक्ने सेक्युर सेक्युरिटिजका कार्यकारी प्रमुख सन्तोष मैनालीले मेरो लगानीलाई जानकारी गराए ।

लगानीकर्ताले पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्रीको आदेश दिनेछन् तर ब्रोकरले भने अनलाइन प्रणाली मार्फत नै नेप्सेमा शेयर कारोबार गर्ने आदेश पठाउने र केही दिन पश्चात मात्र लगानीकर्ताको लागि खुल्ला हुने मैनालीले बताए ।

अनलाइन मार्फत जुनसुकै स्थानबाट पनि शेयर खरिद बिक्री गर्न सकिने भएकाले लगानीकर्ताहरु यसको ब्यग्र प्रतिक्षामा रहेका थिए । अहिले शेयर खरिद बिक्री गर्न लगानीकर्ता शेयर दलालको कार्यालय जानै पर्ने हुन्छ ।

कसरी गर्ने अनलाइन कारोबार ?

अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले शेयर खरिद बिक्री गर्दै आएको ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ ।  

जसका लागि लगानीकर्ताको हितग्राही खाता नम्बर, बैंक खाता नम्बर, इमेल र फोन नम्बर सहितको विवरण फारम ब्रोकर कार्यालयमा बुझाउनु पर्ने हुन्छ । त्यस पश्चात ब्रोकरले लगानीकर्ताको युजर नेम र पासवर्ड नेप्सेको सिस्टममा कनेक्ट गर्ने छ । सिस्टममा कनेक्ट भएपछि नेप्सेले युजर नेम र पासवर्ड लगानीकर्ताको इमेलमा पठाउने छ । युजर नेम र पासवर्ड पाइसकेपछि लगानीकर्ताले आफू अनुकुल पासवर्ड परिवर्तन गरेर शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
अनलाइन प्रणाली मार्फत कारोबार गर्नका लागि सर्वप्रथम ब्रोकर र लगानीकर्ता बिच सम्झौता पत्रमा हस्ताक्षर हुनुपर्ने सन्तोष मैनालीले जानकारी गराए । ब्रोकर र लगानीकर्ताको दायित्व, जिम्मेवारी र जोखिम व्यवस्थापन सम्बन्धी कुराहरु सम्झौता पत्रमा उल्लेख हुने मैनालीले बताए ।

अनलाइनबाट कारोबार कसरी हुन्छ ?

अनलाइन शेयर खरिद बिक्री आदेश दिँदा इन्टरनेटको मध्यमबाट लगानीकर्ताको हितग्राही खाता ब्रोकरका माध्यमबाट सिधै नेप्सेमा जोडिन्छ । नेप्सेले शेयर आदेशको तथ्याङ्क सङ्कलन गर्न सीडीएस एन्ड क्लियरिङमा पठाउँछ । सीडीएसले तथ्याङ्क सङ्कलन गरेपछि पुनः लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेमा पठाउँछ । त्यसपछि नेप्सेले उक्त आदेश पुनः ब्रोकर कम्पनीलाई पठाउँछ ।

त्यसैगरी ब्रोकरले नेप्सेको आदेश पाइसकेपछि बैङ्कमा जम्मा हुनुपर्ने २५ प्रतिशत ब्यालेन्स तथा हितग्राही खातामा शेयर भए नभएको जाँच गर्छ । लगानीकर्ताको बैंक खातामा ब्यालेन्स तथा बिक्रीकर्ताको हितग्राही खातामा शेयर भएको अवस्थामा लगानीकर्ताको आदेश अनुसारको शेयर हितग्राही खातामा जम्मा गरिदिन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।