माथिल्लो तामाकोशी अपडेट : आवेदकले ५० कित्ता शेयर पनि नपाउने निश्चित

Nov 05, 2018 Merolagani

माथिल्लो तामाकोशीको आईपिओको आवेदकलाई ५० कित्ताका दरले पनि शेयर बाँडफाँड गर्न नसकिने देखिएको छ । आईपिओ निष्काशन बन्द हुने दिनसम्मको तथ्यांक अनुसार तामाकोशीको आईपिओमा चार गुणा बढी आवेदन परेको छ ।

तामाकोशी हाइड्रोपावरको आइपीओमा ६ अर्ब २५ करोड ५३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो माग भन्दा चार गुणा धरै हो । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले सोमबार साझँसम्म ३ लाख २५ हजार २२५ जनाले ६ करोड २५ लाख ५३ हजार ९९ कित्ताका लागि आवेदन दिएको जानकारी दिए ।

यो तथ्याकं सोमबार साँझसम्मको हो । अन्तिम तथ्याकं प्राप्त भईनसकेको शेयर बिक्री प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ । अन्तिम तथ्याकं आउदा आवेदक संख्या र रकम अझै बढ्न सक्ने कार्कीले बताए ।

कम्पनीले बिहीबार (कात्तिक १५ गते) देखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

जसमध्ये सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता छुट्याइएको छ ।

अहिलेसम्म आवेदन परेको संख्या हेर्दा प्रत्येक आवेदकले ५० कित्ताका दरले पनि शेयर नपाउने देखिएको छ ।

यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । सकिन्छ । बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।

कम्पनीले यसअघि स्थानीयबासीलाई १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।