सिटिजन्स बैंकको खुद नाफा ३४% बढ्याे, कर्जा भन्दा निक्षेप संकलनमा उच्च बढोत्तरी

Nov 06, 2018 Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) ले चालू आर्थिक वर्षको तीन महिना अवधिमा ४२ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले मंगलबार सार्वजनिक गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण सो नाफा गरेको उल्लेख छ ।

बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ३४.३८ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।

खुद नाफाभन्दा फ्रि प्रोफिट घट्यो

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ३४ करोड ३५ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत बर्ष यस्तो रकम ३१ करोड ९० लाख रहेको थियो । बैंकले गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा २ करोड ४४ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ८ करोड ७८ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

कर्जा विस्तारमा भन्दा निक्षेप संकलनमा आक्रमक

समीक्षा अवधिमा बैंकको कर्जा विस्तार भन्दा निक्षेप संकलनको विस्तारको प्रतिशत उच्च रहेको छ । चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले कर्जा लगानी २१.९९ प्रतिशतले बढाउँदा निक्षेप संकलन ५८ प्रतिशतले बढाएको छ ।

त्यसैगरि निक्षेप संकलनमा ५२ अर्ब ७७ करोड ५१ लाखबाट ८३ अर्ब ३८ करोड ७२ लाख तथा कर्जा परिचालन ४९ अर्ब ९ करोड ७ लाखबाट ५९ अर्ब ८८ करोड ३६ लाखमा बढोत्तरी गरेको छ । यस अवधिमा बैंकले सापटी रकम ५ अर्ब २० कराेडबाट घटाएर ३ अर्ब ३१ कराेड मात्र लिएकाे छ । यसले पनि बैंक अाफैँ निक्षेप संकलनमा जुटेकाे देखिन्छ । 

बैंकको चुक्ता पूँजी ८ अर्ब २ करोड ९१ लाखबाट ८ अर्ब ७ करोड ९६ लाख रुपैयाँ पुगेको छ । बैंकले १ अर्ब ६८ करोड ७९ लाखको जगेडा कोष ३ अर्ब ३२ करोड ७५ लाखमा बढाएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ०.६३ प्रतिशत, र जगेडा कोष ९७.१३ प्रतिशत बढेको छ ।

खुद ब्याज आम्दानीमा आकर्षक बढोत्तरी

यस अवधिमा सिटिजन्स बैंकले ५६.४३ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ । गत आवको प्रथम त्रैमासमा २ अर्ब १६ करोड ३३ लाख ब्याज आम्दानी गरेर १ अर्ब ४१ करोड २ लाख ब्याज खर्च गरेको छ ।

जसबाट उसले ७५ करोड ३१ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ४८ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

निष्कृय कर्जा अनुपात घटाउँदै, प्रतिशेयर आम्दानी बढाउँदै

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा १.९९ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.२३ प्रतिशतमा झरेको छ ।
यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट २१ रुपैयाँ ३५ पैसामा बढोत्तरी भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ १८ पैसा रहेको छ।

थप कर्जा विस्तारमा गर्न  निक्षेप बढाउने चुनौती

प्रथम त्रैमासिक प्रतिवेदन अनुसार बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ । ७९.६२ प्रतिशत रहेकोले थप कर्जा प्रवाह गर्न निक्षेपमा बढोत्तरी गर्नुपर्ने देखिन्छ । गत बर्ष बैंकको कर्जा निक्षेप अनुपात ७६.५५ प्रतिशत मात्र रहेको थियो ।

त्यस्तै बैंकको आधार ब्याजदर ११.४७ प्रतिशत र कोषको लागत ८.७४ प्रतिशत छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।