गरिमा विकास बैंकको प्रतिशेयर आम्दानी दोब्बर, अन्य सूचकमा यस्तो छ प्रगति

Nov 06, 2018 Merolagani

गरिमा विकास बैंक (GBBL) को खुद नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १६८ प्रतिशतले बढोत्तरी भएपछि बैंकको प्रतिशेयर आम्दानी दोब्बर बनेको छ । गत आर्थिक बर्षको प्रथम त्रैमासमा ६ रुपैयाँ २१ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १८ पैसा पुगेको हो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गरिमाले नाफा बढाएर ९ करोड १८ लाख रुपैयाँ पुर्यमएको छ । गत वर्षको तुलनामा बैंकको खुद नाफा ५ करोड ७६ लाख रुपैयाँले बढोत्तरी भएको हो । 

गत वर्ष बैंकको खुद नाफा ३ करोड ४२ लाख रुपैयाँ मात्र थियो । बैंककोे खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा वृद्धि खुद नाफा बढेको हो ।

साढे २६ प्रतिशतले चुक्ता पूँजी बढाएको दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ४६ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । जगेडा कोषमा भने दुई करोड ७ लाखले संकुचन आएको छ ।

असोज मसान्तसम्म बैंकले २२ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेर २० अर्ब ८१ करोड ३३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तीन महिनाको अवधिमा बैंकले ३० करोड तीन लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष भन्दा बैंकले ११ करोड ५१ लाख रुपैयाँले खुद ब्याज आम्दानी बढाएको हो । गतबर्ष बैंकको खुद ब्याज आम्दानी १८ करोड ५१ लाख रुपैयाँ थियो ।

बैंकमा निष्कृय कर्जा अनुपात १.०२ बाट घटेर ०.८४ प्रतिशतको अनुपातमा झरेको छ । बैंकको (प्रति शेयर नेटवर्थ ११६ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.६६ गुणाले बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।