प्राइम लाइफले सार्वजनिक गर्यो सुधारउन्मुख वित्तीय विवरण

Nov 06, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा प्रगति उन्मुख वित्तीय विवरण प्रकाशित गरेको छ । भारी मात्रामा पूँजी बढाएको कम्पनीले व्यवसाय विस्तारका साथै नाफा बढाएपनि प्रतिशेयर आम्दानी भने सन्तुलनमा राख्न सकेको छैन् ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासको अन्त्यसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ८० लाख खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशत बढी हो । अघिल्लो बर्ष कम्पनीले ६ करोड ३४ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले बीमा शुल्क आर्जन, बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोष लगायतका कोषको आकारमा समेत बढोत्तरी छ । कम्पनीको जगेडा कोषमा एक अर्ब ५ करोड रहेको छ । जीवन बीमा कोषमा ७ अर्ब १७ करोड राखेको छ ।

कम्पनीले चुक्तापूँजी बढाउन गतबर्ष १६० प्रतिशत हकप्रद बिक्री गरेको थियो । कम्पनीको हाल एक अर्ब ७८ करोड चुक्ता पूँजी छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले दुई अर्ब पूँजी कायम गर्नुपर्नेछ ।

कम्पनीले पहिलो त्रैमासमा ६४ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ५१ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हालसम्म कम्पनीले १२ अर्ब ८४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने कुल ११ करोड ३१ लाख दाबी भुक्तानी गरेको छ । एक करोड ५७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ । कम्पनीले हालसम्म १६ लाख बढी बीमा लेख जारी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५८.९६ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात ३३.३२ गुणा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।