नेप्सेको संस्थागत तथा पूँजीगत पुर्नसंरचना आवश्यक छ : अर्थमन्त्री

Nov 06, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल स्टक एक्सचेञ्जको संस्थागत तथा पूँजीगत रुपमा पुर्नसंरचना आवश्यक रहेको बताएका छन्। नेप्सेले आजदेखि सुरुवात गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले नेप्सेलाई स्वायत्त संस्थाको रुपमा अघि बढाइने बताए ।

अनलाइन कारोबार प्रणालीको सुरुवातले शेयर बजारले प्राविधिक रुपमा फड्को मारे पनि बजारका अन्य पूर्वाधार विकासमा जोड दिनुपर्ने अर्थमन्त्रीको भनाई छ ।

उनले अनलाइन कारोबारले बजारलाई आधुनिक चरणमा लगेपनि अझै पनि शेयर बजारमा वित्तीय उपकरणको किनबेचमा विविधकरण हुन नसकेको भन्दै शेयर बजारमा कारोबार हुने प्रोडक्टहरुको विविधीकरण आवश्यक रहेको औल्याए ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।