पूँजीबजारमा विश्व स्तरको सेवा दिने नेप्से प्रमुखको दाबी

Nov 06, 2018 Merolagani

नेपाल स्टक एक्चेन्जले पूँजी बजारमा विश्व स्तरको सेवा प्रदान गर्ने जनाएको छ । आज देखि सुरु भएको पुर्ण स्वचालित अनलाईन कारोबार प्रणालीको उद्घाटन शत्रलाई संबोधन गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सो कुरा बताएका हुन् ।

'जन अपेक्षा अनुसार प्रविधिको विकासलाई आत्मसाथ गर्दै चुनौतिको सामना गर्न अनलाईन कारोबार प्रणालीको सुरुवात भएको छ, अब हामी विश्व स्तरको सेवा दिनेछौं’ उनले भने ।

अनलाइन कारोबार अन्तर्गत इन्टरनेटको माध्यमबाट जुनसुकै स्थानमा भएपनि दोस्रो पूँजी बाजरमा सहभागि हुने सकिने व्यवस्था छ ।

गतिशिल अर्थतन्त्रको लागि सवल पूँजीबजार प्रणाली आवश्यक हुने भएकोले लगानीकर्ताको हित संरक्षण र पूँजी बजार विस्तारको लागि नीति तथा नियम नेप्सेले तर्जुमा गदै अघि बढ्ने समेत उनले बताए ।

लगानीकर्ताको चहाना अनुरुप प्रविधिको विस्तार गरि संचालनमा आएको अनलाईन कारोबार नेपाली पूँजीबजारमा कोशेढुङ्गा सावित हुने उनको दाबी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।