जीबन बीमा कम्पनीहरुमा लाभांश घोषणा कै आधारमा शेयर खरिद बिक्री नगर्न आग्रह

Nov 06, 2018 Merolagani

- तीर्थराज पाैड्याल।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जीबन बीमा कम्पनीहरुको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशको आधारमा मात्र शेयर खरिद बिक्री नगर्न लगानीकर्तालार्इ सुझाव दिएका छन्। नेपाल स्टक एक्सचेञ्जकाे पूर्ण स्व:चालित अनलाईन कारोबार प्रणालीको सुरुवात कार्यक्रममा चापागाईले अन्य कम्पनी र जीबन बीमा कम्पनीलाई एकै रुपमा बुझ्न नहुने बताएका छन् । 

कुनै पनि कम्पनीको सञ्चालक समितिले गरेको लाभांश प्रस्ताव अन्तिम नभएकाे बताउँदै उनले नियामक निकाय बीमा समितिबाट कम्पनीहरूलार्इ अन्य थप व्यवस्था तथा परिमार्जन हुनसक्ने भन्दै लगानीकर्तालाई सूसूचित भएर मात्र लगानी गर्न अनुरोध गरे ।

चापागाईले भने :- " अन्य कम्पनीहरुमा जस्तो नभई बीमा कम्पनीहरुमा जीवन बीमाको एक्चुअरी भ्यालूयसन गराउनुपर्छ । सम्बन्धित कम्पनीले एक्चुअरी भ्यालूयसन भारतमा लगेर गराउनुपर्छ र बीमा समतिको एजेण्टले स्वीकृत गरेपश्चात मात्र बीमा समितिले जीबन बीमा कम्पनीकाे वित्तीय विवरण स्वीकृत गर्छ । कम्पनीले त्यसअनुसार ब्यालेक्स सिट बनाउनुहुन्छ । यसमा निर्देशिकामा बमोजिमको व्यवस्था गर्नुपर्छ ।"

राष्ट्रिय बीमा कम्पनीको लाभांश स्थगित र एलआईसीको लाभांश तीन गुणा घटेको तर्फ इकिंत गर्दै चापागाइले भने लगानीकर्ता साथिहरुले कुनैपनि कम्पनीले यति लाभांश घोषणा गर्यो भनेर शेयर किन्ने र लाभांश स्वीकृतीमा लामोप्रकृया पूरा गरेर आउँदा फेरबदल हुने भएकाले रेगुलेटरले स्वीकृती दिएपश्चात मात्र विश्वसनियता हुने बताए ।

बीमा समितिले नियमन क्षमता मजुबुत पार्दै लगेको भन्दै समितिका अध्यक्ष चापागाइले बीमा समितिले नियमन गर्दा विगतमा जस्तो नभई नियमन र सुपरिवेक्षण क्षमतालाई बढाउँदै लगेको दाबी गरे ।

पूर्ण स्व:चालित अनलाईन कारोबार प्रणाली पूँजी बजारको विकासको लागि कोशेढुङ्गा साबित हुने बताउँदै उनले पूँजी बजारलाई देशव्यापी तथा शेयर खरिद बिक्रीको भुक्तानी पनि बैंक मार्फत नै गराएर हरेक ठाउँमा पूर्ण स्व:चालित बनाउने तर्फ काम गर्नुपर्ने उल्लेख गरे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।