अनलार्इन सुरूवात कै दिन नेप्सेको वेभसाइटमा समस्या, लगानीकर्ता इन्डेक्स हेर्नबाट बञ्चित

Nov 06, 2018 Merolagani

अनलाईन कारोबार प्रणालीको सुरुवात गरेको दिन नै नेप्सको वेभसाइटमा समस्या देखिएको छ । नेप्सको वेभसाइटमा सोमबारको नै क्लोजिङ्ग इन्डेक्स् देखाएपछि आम लगानीकर्ता अनलाईन कारोबार प्रणालीबाट नेप्सेमा आएको परिवर्तन देख्न पाएका छैनन् ।

नेप्सेको वेभसाइट बिग्रदा कारोबार मापन गर्ने मुख्य सूचक, उपसूचक र कारोबारको बारे प्रत्यक्ष जानकारी नपाउदा लगानीकर्तामा अन्योलता देखिएको हो।

नेप्सको दुबै वेभसाइटमा मार्केट ओपन देखिएपनि नेपाल स्टक डट कम डट एनपी र नेपाल स्टक डट कम दुबैमा सोमबारको नै १२१९.२२ अंकको इन्डेक्स् नै देखिएको छ ।

पछिल्लो समय नेप्सेको वेभसाइटमा आउने गरेको खराबी मंगलबार पनि देखिएको हो। यसअघि पनि नेपाल स्टक एक्सचेञ्च नेप्सेको वेभसाइटमा विभिन्न कारणले समय समयमा यस्तो समस्या देखिने गरेको थियो । 

नेप्सेले मंगलबारदेखि पुरानो प्रणाली छाडेर नयाँबाट कारोबार सुरु गरेको हो । नयाँ प्रणालीमा पनि कारोबार अर्डर हाल्न कठिन भएको एक ब्रोकरले मेरोलगानीलाई बताए । 

 

 

comments powered by Disqus

चाकडी र घुस दिन नसक्ने पत्र मन्त्रीलार्इ लेख्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

Nov 20, 2018

वीर अस्पतालका न्यूरो सर्जरी यूनिट प्रमुख प्रा।डा ध्रुव राज अधिकारीले राजीनामा दिएका छन् । प्रा.डा.अधिकारीले सोमबार लेखेको खुल्ला राजीनामा पत्र यतिबेला सामाजिक सञ्जालमा भार्इरल बनेको छ ।