३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा २६ करोड ८७ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तले एक अर्ब ९६ करोड रुपैयाँ सापटी र एक अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १७ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तले यस अवधि सम्ममा १८ करोड ५३ लाख रुपैयाँ व्याज आम्दानी गरी ९ करोड ७२ लाख रुपैयाँ व्याज वापत खर्च गरेको छ । जसबाट ८ करोड ८० लाख रुपैयाँ खुद व्याज आर्जन गरेको छ ।
लघुवित्तको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । गत वर्ष १.०६ प्रतिशत रहेको खराब कर्जा १.७० प्रतिशतमा पुगेको छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ७४ पैसा रहेको छ ।