लागत घटेपछि निर्धन उत्थानले बढायो कमाई

Nov 06, 2018 Merolagani

निर्धन उत्थान लघुवित्त (NUBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा २ करोड ५२ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा व्यवसायको आकारमा बढोत्तरी गरेको लघुवित्तको कोषको लागत केही घटेको छ । जसका कारण उसको कमाई बढेको हो ।

एक अर्ब चुक्ता भएको लघुवित्तको जगेडा कोषमा एक अर्ब ७४ करोड रुपैयाँ सञ्चित रहेकाे छ ।

यस अवधिमा लघुवित्तले ८ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट ७ अर्ब ११ करोड रुपैयाँ सापटी लिएको छ । यस अवधिमा लघुवित्तले १६ अर्ब ५ करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

७२ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको लघुवित्तले ३४ करोड ६४ लाख रुपैयाँ ब्याज वापत खर्च गरेको छ भने ३८ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको खराब कर्जा बढेर १.०२ प्रतिशत पुगेको छ । यस्तै प्रति शेयर आम्दानी ६० रुपैयाँ ३१ पैसा र प्रति शेयर नेटवर्थ २७४ रुपैयाँ ७८ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।