नेपाली शेयर बजारको इतिहासमा प्रविधिले फड्को मारेको दिन : के भन्छन् सरोकारवाला ?

Nov 06, 2018 Merolagani

मंगलबार नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारका लागि अनलार्इन प्रणालीको औपचारिक सुरुवात गरेको छ। पहिलो दिनमा नै बजार अनलाइन प्रणालीकै कारण अलपत्र परेको छ । सुरुवाती चरणमा देखिएको समस्या समाधानका साथै थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाली शेयर बजारको इतिहासमा सुरु भएको नयाँ प्रणालीप्रति सम्बद्ध पक्षहरु धेरै आशावादी छन् ।

यसले नेपालको शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अपेक्षा गरिएको छ । यसले शेयर बजारलाई आधुनिक चरणमा पुर्याउनुका साथै बजारको विकास र पहुँच विस्तारले शेयर बजारमा नयाँ आयाम ल्याउने विश्वास गरिएको छ ।

लगानीकर्ताहरुले घरमै बसेर शेयर खरिद बिक्री गर्न सक्ने अवस्थाले यो सम्भव छ । यसै सन्दर्भ मेरोलगानी संवाददाता सुधा देवकोटाले बजार सम्बद्ध व्यक्तिहरुसँग गरेको कुराकानीको सारांश ।

- अम्बिका पौडेल, अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम
नेपालको पूँजी बजारले प्रविधिमा फड्को मारेको छ । नेपालको पूँजी बजार विगत केही समय देखि ओरालो गतिमा रहेको सन्दर्भमा अब सकरात्मक असर पर्ने आश गरेको छु ।

आज देखि सुरु भएको अनलाईन प्रणालीले पूँजी बजारको दायरालाई फराकिलो बनाएको छ ।

यसले सबै लगानीकर्तालाई सहज बनाउँदै पूँजी बजारलाई विस्तार गरेको छ ।

पूँजी बजारको सबै इन्डिकेटरहरु सकारात्मक भएका छन् र प्रविधि पनि सकारात्मक भएको कारणले आगामी दिन पूँजी बजारको लागि सुनौलो अवसरको रुपमा लिन सकिन्छ ।

- दिलिप मुनाकर्मी, लगानीकर्ता

अनलाईन प्रणालीसँगै पूँजी बजारले एउटा फड्को मार्नेछ । त्यससँगै लगानीकर्ताले यसको जोखिमलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

पहिले ब्रोकर चेकिङ्ग प्वाइन्ट थियो । अब लगानीकर्ता सिधै कारोबारमा जान्छन् ।

लगानीकर्ता स्वयंले कारोबार गर्दा त्यसबाट हुने जोखिमहरु पनि सँगै हुन्छ । अब लगानीकर्ताहरु सचेत र सजग हुनुपर्ने बेला आएको छ ।

लगानीकर्ताको संख्या असीमित रुपमा बढाउन सक्ने भएकाले लगानीकर्ताको हातमा नै सबै प्रणाली पुग्नु सान्दर्भिक छ ।

सबैले यसको भरपुर सदुपयोग गर्नुपर्छ ।

- भरत रानाभाट, अध्यक्ष, स्टक ब्रोकर एशोसिएसन

अनलार्इन प्रणाली मार्फत कारोबार गराउने सफ्टवेयर अन्तर्राष्ट्रिय स्तरको छ । नयाँ प्रविधिको विकास सँगै चुनौती पनि हुन्छ । तर चुनौती छ भन्दैमा प्रयोग नै नगर्ने भन्ने हुँदैन ।

हाम्रो सन्दर्भमा भुक्तानी तथा राफसाफ विद्युतीय बनाउन नीतिगत व्यवस्था नहुँदा अनलार्इन प्रणाली अरु मुलुकको जस्तो हुन सकेन । यसलाई परिमार्जन गर्दै लैजानुपर्छ ।

अनलार्इन प्रणाली आजबाट बल्ल सुरु हुँदैछ । यसलाई राम्रोसँग प्रयोग नगरेसम्म समस्या के छ कसैलाई थाहा हुँदैन् ।

यसलाई प्रयोग गर्दै जाँदा प्राविधिक समस्याहरु देखा पर्न सक्छन् । तिनीहरुलाई पनि क्रमिक रुपमा समाधान गर्दै अगाडि बढनुपर्छ ।

- श्रीजेश घिमिरे, प्रमुख कार्यकारी अधिकृत, एनएमबी क्यापिटल
अनलार्इन प्रणाली नेपालको पूँजी बजारमा कोशेढुङ्गाको रुपमा आएको छ । यसले पूँजी बजारको धेरै ठूलो बजारलाई ओपन अप गरेको छ ।

ग्रामीण भेगमा पुग्न नसकेको पूँजी बजार अब सबैको हात हातमा पुगेको छ ।

यसले शेयर बजारलाई परिपक्क बनाउने छ। नेपालको शेयर बजारमा धेरै लगानीकर्ताहरु भित्रिने सम्भावना बढेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।