चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि माइक्रोफाइनान्स (NMBMF) को प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको हो ।
गत आर्थिक वर्षको प्रथम त्रैमासमा प्रतिशेयर आम्दानी २५ रूपैयाँ १४ पैसा रहेको कम्पनीको यस त्रैमासमा प्रतिशेयर आम्दानी २ रूपैयाँ ८९ पैसामा सीमित छ ।
चुक्तापूँजी स्थीर रहेको कम्पनीको अन्य सञ्चालन खर्च,कर्जा नोक्शानी व्यवस्था र कर्मचारी खर्चमा भएको भारी वृद्धिले माइक्रोफार्इनान्सको नाफा १० लाख १७ हजारमा खुम्चीएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ८८ लाख ५४ हजार खुद नाफा कमाएको थियो ।
यसरी खुद नाफामा सुधार हुन नसकिरहेका बेला मार्इक्राेफार्इनान्सकाे खर्चकाे अाकार फराकिलाे अन्तरले बढे पछि प्रतिशेयर अाम्दानीमा अधिक संकुचन अाएकाे हाे । यसले लगानीकर्ताकाे प्रतिफल पाउने अाश मरेकाे छ । यद्दपी मार्इक्राेफार्इनान्सले जगेडा काेष मासेर केही प्रतिफल दिन सक्ने सम्भावना रहन्छ ।
समिक्षा अवधिमा मार्इक्रोफार्इनान्सको खराब कर्जा अनुपात १.३८ बाट बढेर २.७२ प्रतिशत पुगेको छ । कर्मचारी खर्च २ करोड ६८ लाखबाट ३ करोड ७० लाख, अन्य सञ्चालन खर्च ८५ लाखबाट १ करोड १९ लाख रूपैयाँ पुगेको छ । कर्जा नोक्शानी व्यववस्था पनि ६७ लाखबाट १ करोड २९ लाखमा पुर्याए पछि मार्इक्रोफार्इनान्सको खुद नाफा अनपेक्षित रूपमा घटेको हो ।
१४ करोड ८ लाख चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १३ लाख सञ्चित छ । यस अवधिमा मार्इक्रोफार्इनान्सले ७७ करोड ५४ लाख निक्षेप र १ अर्व ८५ करोड बैंकबाट सापटी लिएर २ अर्व ३७ करोड कर्जा परिचालन गरेको छ । व्यवसायको आकारमा भएको वृद्धिसंगै मार्इक्रोफार्इनान्सको ब्याज आम्दानी बढेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा ८ करोड ८२ लाख ३६ हजार रूपैयाँ ब्याज आम्दानी गरेको मार्इक्रोफार्इनान्सले यस पटक १० करोड ८७ लाख १७ हजार रूपैयाँ ब्याज आम्दानी गरेको छ । तर ब्याज खर्चमा भएको अधिक वृद्धिले खुद ब्याज आम्दानी भने झिनो अंकले मात्र बढेको छ ।
जसअनुसार गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड १९ लाख ३८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको मार्इक्रोफार्इनान्सले यस पटक ४ करोड ४० लाख ६१ हजार रूपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको छ ।