राष्ट्र बैंकले नेप्सेमा रहेको शेयर स्वामित्व कहिले घटाउला ?

Nov 07, 2018 Merolagani

समय समयमा नेपाल स्टक एक्सचेञ्जमा रहेको राष्ट्र बैंकको शेयर स्वामित्व घटाउने बहस हुँदै आएको छ । यो बहस फेरी चर्चामा आएको छ । नेप्सेको अनलाइन कारोबार प्रणालीको सुरुवातका क्रममा राष्ट्र बैंकका डेपुटि गर्भनर शिवराज श्रेष्ठले नेप्सेमा रहेको राष्ट्र बैंकको स्वामित्व घटाउने बताएका हुन् ।

डेपुटी गभर्नरको यो भनाई सार्वजनिक भए पछि बजारमा फेरी नेप्सेका सम्बन्धमा चर्चा सुरु भएको हो ।

नेप्सेमा राष्ट्र बैंकको ३४.६ प्रतिशत शेयर स्वामित्व छ । राष्ट्र बैंकको नियम अनुसार १० प्रतिशत भन्दा बढि लगानी गर्न नमिल्ने भएकोले शेयर स्वामित्व घटाउने श्रेष्ठले बताएका हुन् ।

राष्ट्र बैंकले सकारको निर्देशन अनुसार पूँजी लगानी गर्ने, कार्यनीतिहरु बनाउने र सहजकर्ताको निर्वाह गर्दै आएको श्रेष्ठले बताए ।

यस विषयमा सोहि कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि संस्थागत तथा पूँजीगत रुपमा नेप्सेको पुर्नसंरचना आवश्यक रहेको बताएका छन् । नेप्से स्वयात्त संस्थाका रुपमा अघि बढ्न आवश्यक रहेको अर्थमन्त्रीको भनाई थियो । नेप्सेका शेयरधनीका बिचमा कुनै विवाद नआउने गरि पूँजीगत संरचना परिमार्जन गर्नु पर्ने उनको भनाई छ ।

यसरी सयम समयमा नेप्सेको कर्पोरेटाइजेशनका साथै पुनरसंरचनाको विषयमा चर्चा हुने गरे पनि व्यवहारिक रुपमा काम भएको छैन ।

अहिले नयाँ स्टक एक्स्चेञ्ज ल्याउने प्रकृया नै सुरु हुन लागेको अवस्थामा नेप्सेको क्षमता बिस्तारका लागि चर्चाका विषय छिटो व्यवहारमा उतार्न पर्ने देखिन्छ ।

comments powered by Disqus

व्यवसाय विस्तारमा आक्रमक एनआइसी एशियाको प्रगतिमा छलाङ, प्रतिशेयर आम्दानी कति ?

Jan 16, 2019

व्यवसाय विस्तारमा आक्रमक रुपमा प्रस्तुत भएको एनआईसी एशिया बैंक (NICA) ले चालू आवको दोस्रो त्रैमासमा उत्साहजनक प्रगति विवरण सार्वजनिक गरेको छ। बैंकले ६ महिनाको अवधिमा नै एक अर्ब ५१ करोड खुद नाफा कमाएको छ ।