'ढुक्क भएर दीपावली गर्नुस् तिहारमा देशभर लोडसेडिङ हुँदैन': कुलमान घिसिङ

Nov 07, 2018 Merolagani

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो तिहारमा देशैभर बिद्युत कटौती नहुने स्पष्ट पारेका छन्। घिसिङका अनुसार तिहारमा हुने विद्युत माग र चूनौती सामना गर्न प्राधिकरण पूर्ण रूपले तयार छ ।

घिसिङले भने ढुक्क रहनुस् यो तिहारमा बिद्युत कटौती हुदैंन हामी पहिले भन्दा सबल अवस्थामा छौं। प्राधिकरणका अनुसार तिहारमा लक्ष्मी पूजाकादिन १२७० मेगावट विद्युतको माग रहेको छ । दिपावलीको झिलिमिलिका लागि प्राधिकरण तयार छ ।

कार्यकारी घिसिङका अनुसार कुलेखानी पहिले भन्दा राम्रो अवस्थामा रहेको र प्राविधिक रूपले प्राधिकरण सबल रहेकाले यो तिहारमा नागरिकले बिद्युत कटौतीको समस्या झेल्नु पर्दैन ।

उच्च खपतले प्राविधिक समस्या आएर केहीबेर आपूर्ति बन्द हुन सक्ने कुरा अपवाद रहे पनि बिद्युत कटौतिको अवस्थामा प्राधिकरण नरहेको घिसिङले बताए ।                                                                

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।