स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने

Nov 11, 2018 merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट प्रतिशेयर १७ रूपैयाँ ५० पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कार्तिक २४ गते बसेको संचालक समितिको ३७६ औं बैठकले उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

बैंकको घोषित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

बैंकले अघिल्लाे  आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई सबैभन्दा बढी १०० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यस्तै बैंकले ५.२६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो ।

यो बर्ष वाणिज्य बैकहरूले नगद लाभांश मात्र दिने क्रम बढाएका छन् । यस अघि सानिमा र एभरेष्टले पनि लाभांश मात्र घोषणा गरिसकेका छन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।