नेपाल बैंकको एफपिओ बल्ल भयो सूचीकरण, २ बैंकको गरी २ करोड १४ लाख कित्ता सेयर थपियो

Nov 11, 2018 Merolagani

अनेक खिचातानीका कारण सूचीकरण हुन नसकेको नेपाल बैंक (NBL) को एफपिओ आइतबार सूचीकरण भएको छ । धितोपत्र बोर्डले दोस्रो बजारबाट सम्झौता गरेको पक्षलाई शेयर बिक्री गर्न दिएको निर्देशन अनुरुप एफपिओमा बिक्री नभएको शेयर प्रत्याभुतकर्ता मर्चेण्ट बैंकरको नाममा पठाउने गरी शेयर सूचीकरण भएको हो ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेपाल बैंकले सर्वसाधारणमा निष्काशन गरेको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो ।

अब एफपिओ बाँडफाँडका क्रममा आवेदन गर्नेहरु र ८ वटा मर्चेण्ट बैंकरको डिम्याट खातामा उल्लेखित शेयर पठाउने काम हुनेछ ।

त्यस पछि बल्ल प्रत्याभुतकर्ताहरुले आफ्नो डिम्याट खाताबाट सम्झौता अनुसारको शेयर तेस्रो पक्षलाई बजार मूल्य अनुसार बिक्री गर्ने छन् । नेपाल स्टक एक्स्चेञ्जले नेपाल बैंकको एफपिओको म्यान्नुअल कारोबार अस्वीकृत गरे पछि मर्चेमण्ट बैंकरहरुलाई असहज परिस्थिती बनेको हो ।

एफपिओ निष्काशनका दौरान २८० रुपैंया हाराहारीमा भएको कारोबार सम्झौता अनुसारको सेयर तेस्रो पक्षको नाममा पठाउँदा बजारमा ३ सय रुपैंयाभन्दा बढीका कारोबार भएको देखिन्छ । यसले पूँजीगत लाभकर तिर्नु पर्ने तथा नभएको नाफा हिसावमा मिलान गर्नु पर्ने अवस्थामा प्रत्याभूतकर्ताहरु पुगेका हुन् ।

यता सेञ्चुरी कमर्शियल बैंकको बोनस सेयर पनि आइतबार नै नेप्सेमा सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकको ३८ लाख ३९ हजार ७३० कित्ता शेयर कारोबारका लागि सूचीकरण भएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष (२०७३/०७४) को कमाईबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस बितरण गर्ने निर्णय गरेको थियो । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरण गर्ने प्रस्ताव बैंकले गरिसकेको छैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।