गत वर्षको पहिलो त्रैमासमा फाइनान्सले एक करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कर्मचारी खर्च, अन्य सञ्चालन खर्च साथै सम्भावित नोक्सानी व्यवस्थापनका लागि धेरै रकम छुट्याउँदा फाइनान्सको कमाई संकुचित बनेको हो ।
यस त्रैमासमा सम्भावित नोक्सानी वापतको व्यवस्थापनमा ८ करोड दुई लाख रुपैयाँ छुट्याएको फाइनान्सले एक करोड ८१ लाख रुपैंया कर्मचारी खर्च गर्दै एक करोड ७२ लाख रुपैयाँ अन्य सञ्चालनमा खर्चिएको छ ।
८० करोड चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा १८ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।
असोज मसान्तसम्ममा फाइनान्सले ५ अर्ब ६० करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ९४ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
तीन महिनाको अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५ करोड ८५ लाख रुपैयाँ छ । गत वर्ष यसै अवधिमा फाइनान्सले दुई करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी थियो ।
गतबर्ष १.२९ प्रतिशको अनुपातमा रहेको फाइनान्सको निष्कृय कर्जा अनुपात अहिले सुधारिएर ०.८० प्रतिशतको अनुपातमा झरेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा रहेको छ ।
फाइनान्सको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ १० पैसा छ भने मूल्य आम्दानी अनुपात २४.४६ गुणाले बढी छ ।