मेरोलगानी खबर प्रभाव : कृषि विकास बैंकले सच्यायो वित्तीय विवरण

Nov 12, 2018 Merolagani

केही दिन अघि चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण निकालेको कृषि विकास बैंकले गल्ती सच्याएको छ । बैंकले आफ्नै सहायक कम्पनीबाट नेको इन्स्योरेन्सको शेयर ४४ करोड रुपैंयाभन्दा बढीमा खरिद गर्दा प्रतिकित्ता २ हजार ४ सय रुपैयाँभन्दा बढी हुन आएको भन्दै मेरोलगानीले खबर सम्प्रेषण गरेको थियो ।

Bबैंकले सूचना सार्वजनिक गर्दै उल्लेखित व्यहोरामा २ सय ४२ रुपैयाँको दरमा नेको इन्स्योरेन्सको १ लाख ५ हजार ३६६ कित्ता शेयर किनेको र त्यसको कूल रकम ४४ करोड नभई ४ करोड ४८ लाख ५८ हजार ५ सय ३६ रुपैयाँ मात्र रहेको उल्लेख छ ।

...[एउटा कम्पनीले अढाई सयमा किनेको शेयरलाई २ हजार बढी मूल्यको देखाएपछि...]...

साथै बैंकले वित्तीय विवरणमा उल्लेख नभएका अरु विवरण पनि सार्वजनिक गरेको छ। जस अनुसार बैंकको मूल्य आम्दानी अनुपात १२.९४ गूणाले बढी छ भने प्रतिशेयर नेटवर्थ ३३५ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तीको मूल्य १ हजार ६१४ रुपैयाँ ८७ पैसा र तरलता अनुपात २९.६६ प्रतिशत रहेको छ ।

बैंकको वित्तीय विवरणसँग सम्बन्धित थप सामग्री ।

...[कृषि विकास बैंकको खुद नाफा ८२ प्रतिशत बढोत्तरी, ३९ करोड ५९ लाख 'फ्रि प्रोफिट']...

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।