सिनर्जीलाई गाभेको वेष्ट फाइनान्समा सुधारका संकेत देखिएपनि खर्च धान्नै मुस्किल

Nov 12, 2018 Merolagani

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको जनरल फाइनान्सलाई सकारेर सिनर्जीलाई आफुमा गाभेर बनेको बेष्ट फाइनान्स (BFC) ले सुधारका संकेतहरु देखाएको छ । खराब कर्जा असुलीमा उल्लेखनिय सुधार गरेपनि कम्पनीले कमाई भने बढाउन सकेको छैन ।

कम्पनीले गत वर्षको पहिलो त्रैमासमा रहेको ८४ प्रतिशत खराब कर्जालाई चालू वर्षको पहिलो त्रैमासमा २० प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले यस्तो अनुपात ५ प्रतिशतमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

सिनर्जी फाइनान्सलार्इ गाभेपछि कम्पनीका अन्य वित्तीय सूचकमा पनि क्रमश: सुधार आउन थालेको छ। कम्पनीको निक्षेप तथा कर्जामा उल्लेखनीय सुधार देखिएको छ । खराब कर्जा असुली तथा खुद ब्याज आम्दानी पनि बढेको छ ।

तर कम्पनीको खुद नाफा भने गत वर्षको यसै अवधिको तुलनामा ८२.८२ प्रतिशतले खस्किएको छ । कर्मचारी खर्च, अन्य सञ्चालन खर्च साथै सम्भावित जोखिम व्यवस्थापनको लागि धेरै रकम छुट्याउँदा फाइनान्सको खुद नाफा घटेको हो ।

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बेष्ट फाइनान्सले खुद नाफा ४० लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको पहिलो त्रैमासमा फाइनान्सले दुई करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ८१ करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष १९ करोड २५ लाख रुपैयाँले ऋणात्मक छ । असोज मसान्तसम्ममा दुई अर्ब २८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले एक अर्ब ९९ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी ०.५ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ २३ पैसा रहेको फाइनान्सको मूल्य आम्दानी अनुपात २१४.५६ गुणाले बढी रहेको छ । फाइनान्सको कोष लागत १०.२७ प्रतिशत, सीडी रेसियाे ७१.७८ प्रतिशत छ ।

२०५२ सालमा स्थापना भएको तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले २०७० जेठमा समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त संस्थाको रुपमा रहेको फाइनान्स कम्पनीमा एनआरएन समूहको प्रवेशपछि बेष्ट फाइनान्सको नामबाट सञ्चालनमा आएको थियो।

यस्तै सिनर्जी फाइनान्स तत्कालीन एल्पिक एभरेष्ट फाइनान्स, सीएमबी फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्ज भएर बनेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।