यस दिन ग्राहकहरुले समग्रमा ३०.८ अर्ब डलर खर्च गरेका थिए । जुन गत बर्षको तुलनामा २७ प्रतिशत बढी हो । तर ‘सिङ्गल्स डे’ को इतिहासमा सबैभन्दा कम बार्षिक वृद्धि हो ।
कम्पनीले ८५ सेकेण्डमा नै एक अर्ब डलर बराबरको व्यापार गर्दै नयाँ रेकर्ड बनाएको थियो भने पहिलो एक घण्टामा कम्पनीको व्यापार १० अर्ब डलर पार भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ५ मिनेट २१ सेकेण्ड छिटो हो । गत वर्ष कम्पनीले पहिलो घन्टामा ८.१९ अर्ब डलरको बिक्री गरेको थियो ।
गत वर्ष अलिबाबाले यसै दिनमा २५ अर्ब ३० करोड डलर बराबरको व्यापार गरेको थियो ।
अलिबाबाको ‘सिङ्गल्स डे’ मा चर्चित टेक्नोलोजी कम्पनी साओमी, एप्पल, डाइसन लगायतका अन्य १८ हजारभन्न्दा बढी ब्राण्ड उपलब्ध रहेका थिए ।
आइतवार अलिबाबाले १०औं वार्षिक ‘सिङ्गल्स डे’ मनाएको हो । वर्षेनी नोभेम्बर ११ मा कम्पनीले यो व्यापार महोत्सव मनाउने गर्छ । यो दिनको २४ घण्टामा अलिबाबाले आफ्नो अनलाइन व्यापारमा उल्लेख्य छूट दिने गरेको छ ।
चिनियाँ मुद्रा कमजोर बनेकाले र बजारमा अन्य नयाँ प्रतिद्धन्द्धि आएकाले पनि अलिबाबाले यो बर्ष विभिन्न चुनौतीहरुको सामना गर्नुपरेको थियो । साथै अमेरिकासँग चीनको व्यापार युद्धका कारण यस वर्षको सुरुवातमा नै अलिबाबाको शेयरमा १६ प्रतिशत कमी आइसकेको छ । बीबीसी