नयाँ नोट सटहीको परम्परागत प्रचलन हट्यो, राष्ट्रिय पर्व तथा दिवसमा पनि साट्न पाईने

Nov 12, 2018 Merolagani

नेपाली रूपैयाँ सटहीको परम्परागत प्रचलनलाई राष्ट बैंकले परिमार्जन गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट बैंकले राष्ट्रिय चाड-पर्व तथा दिवसहरूमा पनि आवश्यकता अनुसार नयाँ नोट वितरण गर्ने जानकारी दिएको हो ।

मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीले मनाउने विभिन्न चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि नयाँ नोट सटही सुविधा प्रदान गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार नववर्ष, उभौली पर्व, बुद्धजयन्ती, गाईजात्रा, गौरापर्व, हरितालिका, संविधान दिवस, गणतन्त्र दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ, फाल्गुनन्द जयन्ती, गुरु नानकजयन्ती , उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्रि, फाल्गुपूर्णिमा, घोडेजात्रा, इद आदि राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसमा नयाँ नोट सटही गर्न सकिने छ ।

नयाँ नोट काठमाडौँको थापाथलीस्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर,वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीलगायत कार्यालयबाट समेत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।