महालक्ष्मी विकास बैंक र सूर्या लाइफबीच बैंकासुरेन्स सम्झौता

Nov 12, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कार्तिक २० गते बैंकासुरेन्स सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट सूर्या लाईफको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहको छ भने बैंकले हालसम्म २६ अर्ब ५६ करोड रुपैयाँ  निक्षेप संकलन गरी  २३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।